मन्त्री थापालाई अनेरास्ववियूका विद्यार्थीहरुले कालो झण्डा प्रदर्शन

काठमाडौं / खानेपानीमन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ । अनेरास्ववियू जाजरकोटले नेकपा ओली पक्षको कार्यक्रममा सहभागी हुन गएका मन्त्री थापालाई कालोझण्डा प्रदर्शन गरेका हुन् ।

नेपालगन्जबाट जाजरकोटतर्फ जाँदै गरेका मन्त्री थापालाई प्रचण्ड–नेपाल पक्ष अनेरास्ववियूका विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । अनेरास्ववियूले मंगलबारदेखि देशभर विभिन्न चरणका आन्दोलनहरुको घोषणा गरेको थियो । सोही अनुसार मन्त्री थापालाई जाजरकोट भेरी नगरपालिका–४ बोहरा मा कालो झन्डा प्रदर्शन गरिएको अनेरास्ववियू जाजरकोटले जनाएको छ ।

प्रधानमन्त्रीको दम्भका कारण संसद बिघटन भयो मोहन वैद्य
मन्त्री थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित संसदको खानेपानी मन्त्रीमा नियुक्त गरेका थिए । पूूर्वमाओवादी पृष्ठभुमिका नेता रहेका थापा अ‍ोली पक्षमा गएर मन्त्री बनेपछि चर्को आलोचना भएको थियो ।

सम्बन्धित खबरहरु