भिम रावलले फर्काए ओलीलाई कडा जवाफः तपाई भगौडा नम्बर १ पर्छ

काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा दिएको अधिव्यक्तिप्रति प्रचण्ड–माधव समूहका नेता भीम रावलले जवाफ फर्काएका छन् ।

उनले राजधानीमा आज अछाम–काठमाडौं सम्पर्क मञ्चले गरेको नेकपा बृहत् कार्यकर्ता भेलामा ओली नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर १ भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई गोर्भाचोबको बाटोमा हिँडाउन खोज्ने, नेपाली देशभक्त जनताको शिर झुकाउने गरी अँधेरी रातमा सामन्तलाई भेट्ने, नेकपाको चुनावी घोषणापत्र, नीति तथा कार्यक्रमबाट भाग्ने भगौडा नम्बर १ को हो भने केपी शर्मा ओली हो।’

प्रधानमन्त्रीको शयन कक्ष नजिकै पार्टीको स्थायी कमिटीमा उनी नआएको प्रसंग झिक्दै नेता रावलले ओली नै भगौडा भएका बताएका थिए । स्थायी कमिटी बैठकमा नआएर दुईपन्ने पत्र पठाएर प्रधानमन्त्री ओली नआएका उनले बताए ।

आज कैलालीको धनगढीमा भएको आफ्नो पक्षको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधव नेपाललाई पार्टी छाडेर भागेको बताएका थिए ।

सम्बन्धित खबरहरु