प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई, एपिएफ उपविजेतामै समिति

काठमाडौं/ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि प्रदेश १ ले जितेको छ । फाइनलमा विभागिय क्लब एपिएफलाई ६ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । दाङको लमहीमा भएको खेलमा प्रदेश १ ले दिएको १ सय ५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको एपिएफले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्र बनाउन सक्यो ।

एपिएफकी ममता चौधरीले सर्वाधिक ३४ रन बनाए पनि हार टार्न प्रयाप्त भएन । यस्तै ज्योति पाण्डेले १ तथा करुणा भण्डारीले २६ रन जोडे पनि अन्यको ब्याट चल्न सकेन ।

प्रदेश १ की रुबिना क्षत्री र अलिशा खडियाले २र२ विकेट लिँदा संगीता राईले १ विकेट लिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो ।

प्रदेश १ की अप्सरा बेगमले सर्वाधिक ३४ रनको योगदान दिइन भने काजल श्रेष्ठ २९ रनमा अविजित रहिन् । यसैगरी कप्तान रुबिना क्षत्रीले १८ रन लिइन् । एपिएफकी सीता राना मगरले ३ तथा करुना भण्डारीले १ विकेट हात पारिन् ।

प्रदेश १ ले लुम्बिनीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने एपिएफले सेमिफाइनलमा सुदुपश्चिमलाई पराजित गरेको थियो ।

सम्बन्धित खबरहरु