‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता–मन्त्री थापा

६९९ जिल्ला कमिटी घोषण

बनेपा, काभ्रे/ नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणी थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता भएको बताएका छन् । शनिबार ओली पक्षीय नेकपा काभ्रेको जिल्लास्तरीय अगुवा कार्यकर्ता तथा विस्तारित जिल्ला कमिटीको भेलामा अधिकांश समयमा प्रचण्डको विरोध गर्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा मन्त्री थापाले प्रचण्डभन्दा प्रधानमन्त्री केपी शर्मा ओली हरेक हिसबाबाट राष्ट्रवादी राजनेता भएको दावी गरे । ओलीको कदमले देश अग्रगामीतर्फ उन्मुख भएको उनको भनाइ छ । त्यस्तै, मन्त्री थापाले प्रचण्डले पार्टी निर्माण गर्नुको सट्टा भत्काउने, फुटाउने खेलमा लागेकै कारण नेकपा फुटेको अरोपसमेत लगाए । ‘प्रचण्डले माओवादी हुँदा पनि पार्टीलाई बनाउनु भएन, रोल्पा र रुकुम अनि परिवार बनाउनु भयो,’ उनले भने, ‘जनयुद्दमा साथ दिने अधिकांश नेताले प्रचण्डकै परिवारीक मोह, सत्तालिप्सा, अवसरवादी, अस्थिरतावादीका कारण साथ छाडेको बाबुराम भट्टराई, मोहन बैद्य, विप्लव जस्ता नेताहरुले छोडेर गए ।’

‘राम बहादुर थापा ‘बादल’ लाई लिम्पियाओवादी भनेर आरोप लगाए तर वास्ताविक लिम्पियाओवादी प्रचण्ड हुन्’ उनले भने, ‘माओवादी हुँदा होस् या पार्टी एकतापछि नै किन नहोस्, टाकनटुकन गरेर माओवादी पार्टी सिध्याएका प्रचण्डले नेकपाभित्र पनि माधव नेपाललाई साथमा लिएर टाकनटुकन विधि प्रयोग गरेको कारण पार्टी फुट्न पुग्यो ।’

मन्त्री थापाले रोल्पा र दिल्लीबाट काठमाडौँ आउन हतार गरेका प्रचण्डले नेकपामा पनि ओलीलाई सिध्याउन हतार गर्दा आफै सिद्धिएको बताए । प्रधानमन्त्रीले ओलीले महाधिवेशनपछि सबै छोड्छु भन्दाभन्दै पनि प्रचण्डको हतारोका कारण पार्टी फुटेको तर आफुहरु प्रचण्डसँग सत्ती जान नसक्ने बताए । ‘हामी लुटलन्ते, परिवार, स्वार्थी प्रचण्डसँग सत्ती जना सक्दैन,’ उनले भने, ‘हामी देशमा स्थिरता चाहन्छौ, त्यसका लागि देशको विकास र समृद्धिसँगै साम्यबादी आन्दोलनको नेतृत्व प्रधानमन्त्री ओली बाहेक कसैले गर्न नसक्ने देखिएपछि ओली पक्षको पार्टीमा सहभागी भएको हौँ ।’

उनले भने, ‘प्रधानमन्त्री ओली रात परेपछि खाली कापी र कलम लिएर चिन्तन गर्नुहुन्छ, तर प्रचण्ड… हल्लिनुहुन्छ ।’

कार्यक्रममा मन्त्री थापाले जनतालाई सार्वभौम बनाउन गरिएको संसद विघटन प्रतिगमन नभएको बताए । प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय १० मिनेट मात्रै ढिला गरेको भए उहाँ (प्रधानमन्त्री) माथी नै कु गरेर प्रतिगमन र अस्थिरता निम्त्याउन प्रचण्ड–माधव समुहको योजना रहेकाले मुलुकका लागि संसद विघटन गरी अस्थिरता रोक्नु पर्ने बाध्यतत्मक परिस्थिति आएको बताए ।

६९९ जिल्ला कमिटी घोषण
सोही अवसरमा ओली पक्षीय नेकपा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले ६ सय ९९ सदस्यीय जिल्ला अधिबेशन आयोजक कमिटी घोषणा गरेको छ । साविक जिल्ला कमिटीमा १ सय २४ जना, मनोनित गर्न बाँकी ७२ जना र ५ सय ३ जना नयाँ सदस्यहरुलाई अधिबेशन आयोजक कमिटीमा राखिएको अध्यक्ष ब्याञ्जुले जानकारी दिए ।

त्यस्तै, जिल्लाका संघ र प्रदेश कमिटी, गाउँ र नगर तथा वडा कमिटी, जनवगर्गिय संगठनहरुको पुनर्गठन गरी आगामी माघ ९ र १० गते आयोजक जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण दिईने नेकपाले जनाएको छ ।

सम्बन्धित खबरहरु