नेकपाका प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री ओलीलाई पठाए संविधान

धुलिखेल, काभ्रे/ नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई संविधान पठाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा देशभरका जिल्ला प्रशासन अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्रको साथमा संविधानको पुस्तक पनि पठाएका हुन् ।

त्यस्तै, काभ्रेबाट पनि नेकपाका अध्यक्ष रुकु चौलागाईं र सचिव टोक बहादुर वाईबासहितका नेताले जिल्ला प्रशासन कार्यालय, धुलिखेलमार्फत् ओलीलाई विरोधपत्रसँगै संविधान पठाएका छन् ।

प्रचण्ड–माधव पक्षको नेकपाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा क्षमा याचना गरी गल्ती सच्याउन पनि आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय नेकपाको समूह कतै जुलुसहित त कतै नेताहरु मात्र पुगेको थिए ।

सम्बन्धित खबरहरु