दिपेन्द्रको अभिनयमा ‘भयो हाम्रो भेट’ सार्वजानिक (भिडियोसहित)

काभ्रे/ लोकदोहोरी गीत बजारमा आउने क्रममा सुमित्रा सत्यालको निकै आशा लाग्दो माया पिरतिमा आधारीत लोक दोहोरी गीत ‘भयो हाम्रो भेट’ बजारमा आएको छ । मिलन फिल्मस् युट्युव च्यानलबाट गीत सार्वजानिक भएको हो ।

मोबाइल रिपेयरबाट मोडलिङ क्षेत्रमा पाइला चालेको दिपेन्द्र श्रेष्ठ सिन्धुपाञ्चोक जिल्लामा जन्मिएका हुन् । उनले कलाकारीता क्षेत्रमा रुचि बढाउँदै मोडलिङमा जम्न मन लागेको कारण यस क्षेत्रमा पाइला अगाडी बढाएको जानकारी दिए ।

गायिका सुमित्रा सत्याल र रमेश श्रेष्ठको आवाजमा गित बजारमा आएको छ । रेशम थापाको लय, सुमित्रा सत्यालको शब्द र संजय श्रीपालको एरेन्ज रहेको छ भने भिडियोको निर्देशन राजु बिरही सापकोटले गरेका छन् ।

काठमाण्डौको बिभिन्न रमणीय स्थानमा विपिन क्षेत्रीले छायाँकन गरेका छन् । विपिन क्षेत्रीले छायाँकन गरेका भिडियोहरु चर्चामा नै रहेका छन् यस गितले कतिको चर्चा पाउला त्यो त र्हर्न बाँकी छ ।

भयो हाम्रो भेट बोलको गीतलाई रोशन धितालले सम्पादन गरेका छन भने गितको भिडियोमा अरबिन्द्र गौतम, रानिया भण्डारी, दिपेन्द्र श्रेष्ठ र निशा मगरको अभिनय देख्न सकिन्छ ।

भिडियो

सम्बन्धित खबरहरु