टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि नजिक

टोटनह्याम इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । टोटनह्याम १३ वर्षपछि ब्रेन्टफोर्डलाई पराजित गरी ठूलो उपाधि नजिक पुगको हो ।

यसअघि सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न असफल हुँदै आएको थियो ।

गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि टोटन्हाम उपाधि नजिक पुगेको हो चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड सेमिफाइनलमा भने २–० ले पराजित हुन पुग्यो ।

८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराती ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खबरहरु