‘चुर्सेला ब्योन होर्सेला ब्योन’ बाट निर्देशनको यात्रामा चर्चित संगीतकार एंव गायक आर बि लामा

काठमाडौँ । चर्चित संगीतकार एंव गायक आर बि लामा ‘चुर्सेला ब्योन होर्सेला ब्योन’ बोलको गीतबाट म्युजिक भिडियोको निर्देशनमा लागेका छन ।
जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट गीतलाई बजारमा ल्याएको हो ।

गीतमा गायक पूर्ण लामा र गायिका जितु लोप्चनको आवाज, दिपेश प्रधानको मिक्सिङ रहेको छ भने गायक लामाको शब्द रहेको छ ।

राम कुमार केसीले छायांकन गरेको भिडियोलाई देवराज गुरुङले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।

भिडियोमा पुसन लामा, सरोज तामाङ, रमन तामाङ र अनुस्का दोङ तामाङको अभिनय रहेको छ ।

भिडियो

सम्बन्धित खबरहरु