कोरोनाविरुद्धको १ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने

काठमाडौं/ कोरोना भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ । शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप हो यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ‍अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो ।

ुआएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,ु मन्त्रालय स्रोतले भन्यो । एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ ।

नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो । संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो । – थाहा खबर

सम्बन्धित खबरहरु