काभ्रेको पाँचखालमा बसको ठक्करबाट भुजेलको घटनास्थलमै मृत्यु

पाँचखल, काभ्रे/ पाँचखालमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको जलवीरेबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले बा ६ प ७८३४ मोटरसाइकल चलाक पाँचखाल नगरपालिका–३ का २५ वर्षीय दिवाकर भुजेललाई ठक्कर उनको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख विशाल तामाङले बसको ठक्करबाट मोटरसाइकल चालक भुजेलको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

डिएसपी कुमार विक्रम थापाका अनुसार भुजेलको शव अझै उठाइएको छैन भने बस प्रहरी नियन्त्रणमा छ ।

सम्बन्धित खबरहरु