ओली पक्षीय नेकपा काभ्रेको शक्ति प्रर्दशन (हेर्नुस् १५ तस्वीर)

बनेपा, काभ्रे/ सत्तारुढ दल तथा ओली समुहका नेकपा काभ्रेले शक्ति प्रर्दशन गरेका छन् । शनिबार कडा सुरक्षा व्यवस्थाबीच जिल्लाको बनेपास्थित लायकु मञ्चमा अगुवा कार्यकर्ता भेला तथा विस्तारित जिल्ला कमिटि बैठकको आयोजना गरी नेकपा काभ्रेले शक्ति प्रशर्दन गरेका हुन् ।

कार्यक्रममा अथितिहरुले प्रधानमन्त्री ओली र नेपालको नयाँ नक्सा भएको ‘आइ एम विथ केपी ओली र मेरो प्योरो देश’ लेखिएको खादा लगाएका थिए ।

नेकपाका नेता एवं खानेपानी तथा सरसफाई मन्त्री मणी थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मन्त्री थापासँगै पुर्व मन्त्री एवं बागमती प्रदेश कमिटी इन्चार्ज आनन्द पोखरेल, पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गोकुल बास्कोटा लगायतले आफ्नो भनाइ राखेका थिए ।

यो पनि पढ्नुहोस्

‘प्रचण्ड’ ढुलमुले, दुई जिब्रे, फुटलान्ते र परिवारवादी नेता–मन्त्री थापा

संसद विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णय स्वागत योग्य–आनन्द पोखरेल

सत्ता छोडेर सडकमा जाने प्रचण्ड–माधवलाई चुनाव चिन्ह ‘सुकुल’ सुहाउँछ– गोकुल बाँस्कोटा

त्यस्तै, कार्यक्रममा पुर्व राज्यमन्त्री एवं केन्द्रिय सदस्य रेशम लामा, संविधान सभा सदस्य रामहरी सुवेदी, केन्द्रिय सदस्य एवं प्रदेश सभा सदस्य चन्द्र लामा, केन्द्रिय सदस्य प्रकाश गौतम, प्रदेश सभा सदस्य गोमा भुर्तेल, जिल्ला कमिटी सदस्य विनोद गौतम लगायतका कार्यकर्ताहरुको सहभागी रहेका थिए ।

नेकपा काभ्रेका अध्यक्ष अशोक व्यञ्जुको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव नारायण पाण्डेले गरेका हुन् ।

सम्बन्धित खबरहरु