इन्डोनेसियामा ५६ यात्रु बोकेको विमान बेपत्ता

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान वेपत्ता भएको छ ।

श्रीविजय एयरको उक्त विमान पोन्टियानका लागि उडान भरेको थियो ।

यातायात मन्त्रालयका प्रवक्ता आदिता इरावतीले विमान हराएको बताएका छन् ।

विमानमा ५६ यात्रु रहेको बताइएको छ । जसमा ७ बालबालिका र ६ जना क्य्रु मेम्बर रहेका छन् ।

२७ वर्ष पुरानो बोइङ ७३७–५०० नामको विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन् ।

सम्बन्धित खबरहरु