इन्डोनेसियामा ६३ यात्रु बोकेर बेपत्ता विमान समुद्रमा खसेको दावी

विमान बिजुलीको गतिमा समुद्रमा खस्यो र विस्फोट भयो
इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको बोइङ विमान दुर्घटनाग्रस्त अवस्थामा समुद्रमा खसेको दावी गरिएको छ । त्यहाँका नौसेनाले जहाजको अवशेष हुनसक्ने सामग्री फेला पारिएको र दुर्घटनास्थल थाहा लागेको दावी गरेका छन् ।
श्रीविजय एयरको उक्त विमानले पोन्टियानका लागि उडान भरेको थियो। ६२ यात्रु बोकेको सो विमान शनिबारदेखि हराइरहेको थियो ।
आफूलाई विमान दुर्घटनाको प्रत्यक्षदर्शी बताउने मध्येका एक जना मछुवारले विमान समुद्रमा खसेर ठूलो आवाजमा विस्फोट भएको बताएका छन् । उनले भनेका छन्, ‘विमान बिजुलीको गतिमा समुद्रमा खस्यो र विस्फोट भयो ।’
यो पनि पढ्नुस्
घटनास्थल भनिएको स्थान नजिक बसोबास गर्ने धेरै मानिसहरूले विमानको अवशेषसँग मिल्दोजुल्दो केही वस्तु भेटेको बीबीसीलाई बताएका छन्।
पछिल्लो विमान दुर्घटनाले इन्डोनेसियाको हवाई सुरक्षामाथि अब गम्भीर प्रश्न खडा हुने आंकलन भएको छ। सनृ् २०१८ मा भएको भयानक विमान दुर्घटनापछि त्यहाँको वायुसेवा प्रदायकमाथि कडा निगरानी राखिएको थियो ।
हराइरहेको पछिल्लो विमान २७ वर्ष पुरानो बोइङ ७३७(५०) सिरिजको हो । सो विमान करिब १० हजारमाथी उडेपछि बेपत्ता भएको सरकारी अधिकारीले जनाएका छन् ।