असंवैधानिक कदमको पश्चाताप गर्नु भन्दै नेकपा काभ्रेले सिडियोमार्फत् ओलीलाई बुझायो विरोध पत्र र संविधान

अनेरास्ववियले बुझाए ज्ञापन पत्र

बनेपा, काभ्रेः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेले (प्रचण्ड–माधव पक्ष) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र र संविधान बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवारम पोखरेलमार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र र एकथान संविधान बुझाएका हुन् ।

विरोध पत्रमा नेपालको संविधानको ठाडो उल्लंघन गरी असंवैधानिक, अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेकोप्रति आपत्तिसहित भत्र्सना समेत गरेका छन् । त्यस्तै, विरोध पत्रका प्रधानमन्त्री ओलीले चलेको असंवैधानिक कदमको पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्नसमेत अनुरोध गरेको छ ।

‘तपाईंलाई राम्ररी थाहा छ संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार दिएको छैन,’ विरोध पत्रका भनिएको छ, ‘हामी अझै पनि असंवैधानिक कदमका निम्ति पश्चतापका साथ राष्ट्रसामु क्षमायचान गर्न र प्रतिनिधिसभा सूचारु गरी संविधिानलाई क्रियाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दछौँ र सच्चिन अनुराध गर्दछौँ ।’

बलिदानी पुर्ण संघर्षबाट प्राप्त राजनितिक परिवर्तन, संघीय लोकतन्त्रिक गणतन्त्र तथा संविधानको रक्षा गर्न प्रतिगामी कदम नसच्चिए जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम रहेको समेत विरोध पत्रमार्फत चेतावनी दिएका छन् ।

विरोध पत्र बुझाउन सिडियो कार्यालयमा नेकपा वागमती प्रदेश सचिवालय सदस्य सूर्यमान दोङ, प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ, प्रदेश सांसदहरु रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धारा हुमागाईं, पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईं, सचिव टोकबादुर वाइबा, इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।

अनेरास्ववियूले बुझाए ज्ञापन पत्र
सोही अवसरमा अनेरास्वविय, काभ्रेले पनि ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियूले प्रमुख जिल्ला अधिकारी पोखरेल मार्फत ज्ञापनपत्र बुझाउँदै संसद विघटनको कदम सच्च्याउन अनुरोध गरेको छ ।
प्रधानमन्त्रीको ओलीको कदम नसच्चिएसम्म संघर्ष जारी रहनेसमेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । त्यस्तै, प्रधानमन्त्रीले संविधानमाथि हमला गर्दै लोकतन्त्रका सबै मान्यताहरुलाई क्षतविक्षत बनाएको समेत ज्ञापन पत्रका भनिएको छ ।

शान्ति पुर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चदै प्रदर्शनकारीलाई धक्याउने, तर्साउने र धरकपड गर्ने कायरतापुर्ण कार्य नगर्न अनुरोध गर्दै यदि सत्ताको वुटले कुल्चने धृष्टता गरेमा त्यसको सशक्त प्रतिरोध गर्न बाध्य हुने बन्दै चेतावानी दिएका छन् ।

सम्बन्धित खबरहरु