२१ वर्षकी आर्या बनिन् भारतकी कान्छी मेयर

एजेन्सी/ भारतको केरलको राजधानी तिरुवनन्तपुरमकी नयाँ मेयर केरलको मात्रै नभई पूरा देशकी कान्छी मेयर बन्ने भएकी छिन् । मार्क्सवादी कम्युनिष्ट पार्टी (सीपीएम) ले २१ वर्षकी आर्या राजेन्द्रनलाई यो पदका लागि विश्वास गरेको छ । आर्या तिरुवनन्तपुरमकी अर्की मेयर बनेर इतिहास रच्नेछिन् ।

आर्यालाई मेयर नियुक्त गर्ने निर्णय सिपिएम जिल्ला सचिवालयले लिएको हो । उनी हालै भएको नगर निकाय चुनावमा मुदवन्मुगलबाट वार्ड काउन्सिलर छानिएकी थिइन् । यो चुनावमा सिपिएमको तर्फबाट आर्या सबैभन्दा युवा प्रत्यासी थिइन् । देशको सबैभन्दा युवा मेयर बन्न लागेकी आर्या हाल बीएससी (गणित) की छात्रा हुन् ।

उनी हाल तिरुवनन्तपुरमको अल सेन्ट्स कलेजमा अध्ययनरत छिन् । राजनीतिक रुपमा निकै सक्रिय उनी स्टुडेन्ट फेडरेशन अफ इन्डियाकी राज्य समितिकी सदस्य हुन् । आर्याले यो निर्णयले आफ्नो पढाईमा बाधा नपुर्याउने विश्वास गर्दै राजनीतिक कार्य र पढाईलाई सँगसँगै लैजाने निर्णय गरेकी छिन् ।

कम उमेरमा पहिलो पटक काउन्सलरको चुनाव जित्दा पनि केरलको राजधानीको मेयर बन्ने उनको कहानी रोचक छ । वास्तवमा यो दौडमा दुई अनुभवी प्रत्यासी पनि अघि बढिरहेका थिए तर यी दुबै आ–आफ्ना इलाकामा चुनाव हारे ।

सबैभन्दा बढी साक्षार भएका राज्यको रुपमा परिचित केरलमा स्थानीय निकायको आधाभन्दा बढी सिट महिलाका लागि आरक्षित हुन्छ । यसअघि विके प्रशान्त राजधानी तिरुवन्नतपुरमका मेयर थिए र यसपटक पार्टीले चुनाव अघि नै महिलालाई नै मेयर बनाउने घोषणा गरेका थिए तर सिपिएमले दुई महिाल नेतालाई मेयरका लागि प्रोजेक्ट गरेको थियो ।

सिपिआईएमले हेल्थ स्ट्यान्डिङ कमेटीकी पूर्व अध्यक्ष पुष्पलता र टिचर्स युनियनकी प्रमुख एजी ओलेनालाई मेयरको प्रत्यासीको रुपमा अघि सारेको थियो । पुष्पलता र ओलेनाले चुनाव जित्न सकेनन् । यस्तोमा ठूलो परिवर्तन र भविष्यको चुनौतीलाई ध्यानमा राखेर यसपटक मुदवनमुकल वार्डबाट जितेर आएकी आर्याको नाम पार्टीले अघि सार्यो । उनले अत्यधिक समर्थन पनि पाइरहेकी छिन् र अब उनी देशकी कान्छी मेयर बन्ने भएकी छिन् ।

आर्याका पिता इलेक्ट्रिसियन हुन् र आमा श्रीलता एक बिमा कम्पनीकी एजेन्ट हुन् । आर्या ५ कक्षामा पढ्दा देखि नै राजनीतिमा उनको विशेष रुची थियो । उनको परिवार सिपिएमका ठूला समर्थक हुन् । आर्याका दाइ अरविन्द अटोमोबाइल इन्जिनियरिङ गरेपछि जागिर खाइरहेका छन् । उनी पनि सिपिएमका सदस्य हुन् । आर्यालाई पनि थुप्रै पटक उनका पितासँग राजनीतिक र्याली र सभामा भाग लिइरहेको देखिएको थियो ।

मेयरको पदमा सिपिएमकी वरिष्ठ नेता जमिला श्रीधरनका साथै दुई अन्य नेता पनि समावेश थिए तर उनीहरुले आफ्नै इलाकाबाट हार व्यवहोर्नु पर्यो ।

सम्बन्धित खबरहरु