विकट महाभारतकै दुर्गम मानिने वडा नम्बर २ मा बस सरर … (फोतोसहित)

महाभारत, काभ्रे/ जिल्लाको विकट महाभारत गाउँपालिकै दुर्गम मानिने वडा नम्बर २ मा बस सेवा सञ्चालन भएको छ । बस सेवा सञ्चालन भएसँगै अब सो वडाका राजेडाँडा, मोक्तानटोल, स्याप्लेडाँडा, भञ्ज्याङ, सेक्तेल, अम्वलबास लगायत क्षेत्रका स्थानीयहरुले सहज भएको छन् ।

यसअघि बस भेटन्को लागि घण्टौ हिडेर तारखसे लेक, जोरछाँगा वा धापमा पुग्ने पर्ने बाध्यता थियो । जुन अब अन्त्य भएको छ । बस बनेपाबाट निंगाले, तारखसे हुँदै सो वडामा पुग्ने छ ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बासँगै वडाध्यक्ष मिन बहादुर वाईबाको अथक प्रयासका कारण बस सेवा सञ्चालन सम्भव भएको स्थानीयहरुको भनाइ छ । बस उद्धघटन कार्यक्रममा भेला भएका उनीहरुले अध्यक्ष जिम्बा लगायतलाई धन्यवादसमेत दिएका थिए ।

 

त्यस्तै, स्थानीय माइली तामाङले भने, ‘यसरी आँगनकै बाटोमा बस आउँछ भनेर कहिल्यै कल्पना नै गरेको थिएन तर आज आँखै अगाडि बस गुडिएको देख्न पाएँ ।’ उनी थप्छन्, ‘चुनावको बेला कान्छालाल र मिन बहादुरले गाउँमा बस ल्याउँछौ भन्दा पत्यार लगेको थिएन । त्यतिमात्र होरा बाटो खन्ने बेलासम्म पनि बस आउँछ भन्ने विश्वास नै थिएन । आज बस ल्याएर देखाए । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

बस सेवा सञ्चालनसँगै त्यस क्षेत्रमा उत्पादन हुने तरकारी लगायतका खाद्यबस्तुहरु बजार ल्याउन र बजारबाट गाउँमा ओसारपसार गर्नसमेत सहज भएको छ । बस उद्धघटन कार्यक्रममा महाभारत गाउँपालिका–२ का वडाध्यक्ष मीन बहादुर वाइबा, बनेपा नगरपालिका–७ का वडाध्यक्ष तथा काभ्रे बस व्यवसाय प्रा.लि.का अध्यक्ष वर्ण शाक्य, रोशी गाउँपालिका–३ का वडाध्यक्ष श्री धनजित लामा लगायतका स्थानीयहरुको उपस्थिति रहेका थिए ।

तस्विर स्रोतः डम्बर तामाङको फेसबुकबाट

सम्बन्धित खबरहरु