महाभारतमा बाटो खन्ने क्रममा पुरियो जेसिबी, मानवीय क्षतिबाट जोगियो (फोटोसहित)

महाभारत, काभ्रे/ सडक खन्ने क्रममा सुख्खा पहिरो आएर जेसिवी पुरिएका छन् ।

जिल्लाको विकट क्षेत्र महामाभारत गाउँपालिकास्थित् सोलभन्ज्याङ–तार्के सिम्ले सडक खण्डमा बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो आएर जेसिवी पुरिएका हुन् ।

स्थानीय जीवी पख्रिनको अनुसार सडकमाथिबाट आएको सुख्खा पहिरोले जेसिबी पुरिए पनि कुनै मानवीय क्षति भने भएको छैन ।

घट्नाबारे विस्तृत जानकारी भने आउन बाँकी छ ।

तस्विरः जेवी लामा पाख्रिनको फेसबुकबाट

सम्बन्धित खबरहरु