मलेसियामा यसरी फैलियो कोरोना

जलन तामाङ
मलेसिया/ सन् २०१९ डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएयता विश्वभरि आतंकको रुपमा फैलाएको नोवल कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वको २ सय २० वटा देशमा पुगिसकेको छ । यो रोगको सक्रमित पनि दिनहुँ बढीरहेका छन् । हाल सम्ममा विश्व स्वास्थ्य संगठन (WHO)को आनुसार सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिका (USA)मा १ करोड २९ लाख ५६ हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २ लाख ६५ हजार ९ सय ५६ जानभन्दा बढीले नोबेल कोरोना भाइरसको कारण ज्यान गुमाइ सकेका छन् । त्यस्तै, सबै भन्दा कम भानुआटु (Vanuatu) मा १ जान संक्रमित भेटिएका छन् । सुःखद मान्नु पर्छ, त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या भने शुन्य नै रहेको छ ।

त्यस्तै, कोभिड–१९ संक्रमित दिननुदिन बढिरहेको अवस्थामा गत २५ जनवरी, २०२० मा मलेसियामा पहिलो पटक २ जना पुरुषमा कोरोना पोजेटि भएको पत्ता लगेको थियो । उनीहरु चिनियाँ नगरिक थिए । त्यस लगत्तै ४ फेब्रुेअरीमा स्थनीय वर्ष ४१ का पुरुषलाई र चिनियाँ वर्ष ६१ का पुरुषमा कोरोना भाइरस पोजेटिभ भेटिएको थियो । उनीलाई मलेसियान बुलाह आस्पताल (Buloh Hospital)को क्वारइन्टइनमा राखिएका थिए । यससँगै कोरोना बढ्ने क्रम बढ्दै गएपछि अन्तत १८ मार्चमा मलेसिया सरकारले कोरोना संक्रमित क्षेत्रहरुमा एक महिनाको लागि लकडाउन गरियो ।

सरकारले लकडाउन गरेसँगै यताउता आवातजावात गर्न प्रतिबन्द भएपछि स्थानीय मलेसियान लगायत अन्य देशबाट रोजगारीको लागि मलेसियामा आएका कामदरहरुलाई लकडाउनको अस्ताब्यस्ताको कारण ठूलो समस्यामा परेको थियो । घरमा सकेको खद्यान्नको समान किन्नको लागि बिहान बेलुका तोकिएको निश्चित समयमा बाहेक अन्य बेलामा बाहिर हिड्न पाउँदैन थिए । अटेर गरी बाहिरा निस्किएको अवस्थामा पुुलिसले समातिने साथै जारिवान समेत तिर्नु पर्ने हुन्थ्यो । मानिसहरु यदि कहीँकतै जानु परेमा पुलिसलाई खबर गरी अथवा लुकिछिपि हिड्ने गथ्र्याे । कोरोनाको त्यो बिषम परिस्थितिलाई पार गर्नको लागि मलेसियमा रहेका कामदारहरुले एउटा ठूलो संकट झेल्नु परेको थियो ।

दिनदिनको बढ्दो संक्रमणको कारणले गर्दा अबका दिनहरु कसरी गुजार गर्ने भन्ने प्रश्न समेत विदेशमा बस्नेहरुसामु खडा भएकोे थियो । बिशेष गरी अन्य नेपाल, बाङ्लदेश, इन्डोनेसिय, फिलिपिन जस्ता देशहरुबाट काम गर्न आएका ब्यातिmहरुमा यो समस्या बढी देखिन्थ्यो किनभने कम्पनी बन्द भएपछि कतिपय कम्पनीले खद्यान्न समान किन्नको लागि पनि पैसा दिएका थिएन । जसको कारण रोजगारीको सिलासिलामा परदेश रहेकाहरुमा यस्तो समस्या निम्तिएको हो ।

कोरोनाको अहिलेको अवस्था
एकपछि अर्को हुदै बढ्दो संक्रमणको संख्या नरोकिएपछि मलेसियान सरकारले कम्पनीहरुमा काम गर्नको लागि कामदरहरुलाई काम दिने निर्णय गरियो । जुन रोजगारीको लागि विदेशमा रहेका आम मानिसको लागि खुशीको क्षण पनि भन्न सकिन्छ । साथै सवारी सधानमा हरेक बसको एक जोडि सिटमा एक जान ब्यक्ति बस्न मिल्ने गरी यातायात पनि खुल्यो ।

यदि ग्रापमा गएमा एक गाडीमा २ जान र गाडी चालक सहित ३ जान मात्र यात्रा गर्न पाउने र काम गर्न जाने व्यक्तिले काम गर्न पाउने आनुमति पत्र लिएको हुनु पर्ने र जुन आनुमति पत्रको लागि कम्पानीले सरकारसंग अनुमाति लिएको हुनु पर्नेछ । यो आनुमति पत्र कही कतै पुलिसले समातिएको अबस्थामा त्यो देखाउनु पर्ने हुन्थ्यो । यति आनुमति पत्र र मास्क नभएको अवस्थामा पुलिसले समातिने र मलेसियान एक हजार रिङ्गेड समेत जारिबना तिर्नु पर्ने हुन्थयो ।

अनावश्यक कहीँ कतै गुमगाम गर्नेहरुका लागि पुलिसहरु बाटैमा क्याम बनाएर सबै किसिमका गाडिहरुलाई हरेक दिन चेक जाँच गरिरहेका छन् । पछिल्ला समयमा जुन जिल्लामा बढी कोरोना प्रभवित छ त्यो जिल्लामा मान्छेहरु नजान पनि अग्राह गरिएको छ । मलेसियामा सबै भन्दा बढी एकैदिन ६ नोबेम्बरमा एकै दिनमा १७०६ जानमा कोरोना संक्रमित भएको थियो ।

अहिले देशभरमा कोरोना संक्रमितको संख्या ५८ हजार बढी छ भने मृत्यू हनेको सख्या ३ सय बढी छन् । त्यस्तै, निको हुनेको संख्या ४४ हजार बढी रहेका छन् ।

सम्बन्धित खबरहरु