फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या

एजेन्सी/ फेसबुकको म्यासेन्जर र इन्स्टाग्राममा विश्वभर नै समस्या देखिएको छ । दुवै कम्पनीले यसको कारण भने सार्वजनिक गरेका छैनन् ।

फेसबुकको म्यासेन्जर ‘सर्भर’सँग कनेक्ट नहुने र म्यासेज निक्कै ढिला मात्रै आउने–जाने समस्या देखिएको छ । यस्तै, इन्स्टाग्राममा पनि म्यासेज नजाने समस्या देखिएको छ । यस्तै, इन्स्टाग्राममा स्टोरी पनि अपलोड नहुने समस्या देखिएको छ ।

नेपाली समयअनुसार आज दिउसो २ः४५ बाट फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिन थालेको हो । सुरुवातमा युरोप र जापानमा यस्तो समस्या देखिएको हो । त्यसपछि भारतसँगै नेपालमा पनि त्यही समस्या देखिएको हो । समस्याबारे धेरै प्रयोगकर्ताले पोस्ट गर्न थालेका छन् ।

सम्बन्धित खबरहरु