देशभर थपिए ५११ जना कोरोना संक्रमित, ७ को मृत्यु

काठमाडौँ/ नेपालमा बुधबार थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २०४ जना महिला र ३०७ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौंका २२५, ललितपुरका ४९ र भक्तपुरका ३८ जना रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ४७ पुगेको छ । नेपालमा थप ६ सय जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५१ हजार ९१२ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ६ हजार ३ सय जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख २६ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु