देशभर कोरोना संक्रमण थप ७०८ जनामा पुष्टि, ८ को मृत्यु

काठमाडौँ/ नेपालमा मंगलबार थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न स्थानमा रहेको प्रयोगशालाहरुमा गरिएको परिक्षणमा २७० जना महिला र ४३८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५८४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको छ । नेपालमा थप ७३१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५१ हजार ३१२ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको दर ९६ दशमलव ८ प्रतिशत हो ।
नेपालमा हाल ६ हजार ३९६ जना आइशोलेशनमा रहदा ३६५ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख २१ हजार ३६७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।