छारे रोग पीडित गोलेलाई आहानाको साथ

काभ्रे/ जिल्लाको विकट क्षेत्र खानिखोला गाउँपालिका–५ की छारे रोग पीडित गंगा माया गोलेलाई आहाना फाउण्डेशनले आर्थिक सहयोग प्रदान गरेका छन् ।

फाउण्डेशनले लामो समयदेखी छारे रोगबाट पीडित गोलेको उपचारको लागि आर्थिक सहयोगका गरेका हुन् ।

आहाना नेपालको तर्फबाट युवा नेता एवं समाजसेवी अविरल जिम्बाले पीडित गोलेलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग जुटाउन समाजसेवी भिम तामाङ, टेक बहादुर तामाङ, कृष्ण लामा, चन्द्रकला रदखु, कमला तामाङ लगायतले भूमिका खेलेका थिए ।

सम्बन्धित खबरहरु