छारे रोग पीडितलाई थिङद्धारा आर्थिक सहयोग

काभ्रे/ लामो समयदेखी छारे रोगसँग लडिरहेकी पीडितलाई आथिक सहयोग गरेको छ ।

हाल मलेसियामा रहेका युवा समाजसेवी वीर बहादुर थिङ (सनिम)ले काभ्रेका खानिखोला गाउँपालिका–५ निवासी छारे रोग पीडित गंगा माया गोलेलाई आर्थिक सहयोग गरेका छन् । उनले १४ हजार १ सय २२ रुपैयाँ सहयोग गरेका हु्न् ।

गंगामायाको आर्थिक उपचारको सहयोगका लागि पठाइएको उक्त रकम युवा नेता एवं समाजसेवी अविरल जिम्बाले पीडितलाई हस्तान्तरण गरेका हु्न् । उनीसँगै सहयोग हस्तान्तरणको लागि समाजसेवी दावा घिसिङ, सगर जिम्बा लगायत पुगेका थिए ।

युवा नेता जिम्बाले छारे रोग पीडित गोलेलाई आर्थिक सहयोग जुटाउँदै आएका छन् ।

सम्बन्धित खबरहरु