कोरोना कहरबीच मनाइयो तमु ल्होछार

ल्होछारमा मौलिक सांस्कृतिक तथा शुभकामना आदानप्रदान 

काठमाडौँ/ मुसा वर्षलाई बिदाइ गरी गाई वर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमू ल्होसार पर्व २०७७ मनाएका छन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार बुधबार तमू ह्यूल छोंज र्धी गुरुङ राष्ट्रिय परिषद काठमाडौको आयोजनामा विविध मौलिक सांस्कृतिक कार्यक्रम गरी गुरुङ समुदायले तमु ल्होसार मनाएका हुन् ।

यसवर्ष पुस १४ गते राति १२ बजे मुसा वर्षलाई बिदाइ गरी गाई वर्षलाई स्वागत गरिएको तमू ल्होसार मुल आयोजक समितिका संयोजक श्रीप्रसाद गुरुङले बताए ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेको परम्परा अनुसार मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको उनको भनाई छ ।

गुरुङ समुदायले तमु ल्होसारका अवसरमा एक सातासम्म विभिन्न मौलिक सांस्कृतिक परम्परामा आधारित कार्यक्रम गरी मनाउने गर्दछन् । काठमाडौ उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले विगत २० वर्षदेखि संयुक्त रुपमा ल्होसार मनाउँदै आएकोमा यस वर्ष कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर शुभकामना आदानप्रदान गरी सिमित संख्यामा मानिसहरु उपस्थित भएर सांस्कृतिक कार्यक्रम गरी मनाएका छन् ।

सम्बन्धित खबरहरु