आविष्कार केन्द्रले बनायो नवजात शिशुहरुलाई न्यानो बनाउने ‘बेबी वार्मर’

काठमाडौँ/ खोज, अनुसन्धान र आविष्कारको कार्यमा सक्रिय महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले नवजात (भर्खरै जन्मेका) शिशुहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’ निर्माण गरेको छ । गत भदौमा कोरोना भाइरस संक्रमितलाई अस्पताल पु¥याउने बाकस बनाएको आविष्कार केन्द्रले हालैमात्र नवजात शिशुहरुलाई न्यानो बनाउन प्रयोग गरिने ‘बेबी वार्मर’ निर्माण गरेको हो ।

इन्टरनेसनल इलेक्ट्रोनिकल कमिसनको कोड आइइसी ६०६०१–१–२–२१ अनुसारको गुणस्तरसँग मिल्ने गरी उक्त बेबी वार्मर निर्माण गरेको केन्द्रले जनाएको छ । पहिलो चरणमा १२ वटा बेबी वार्मर बनाइएको र ती सबै ज्योति विकास बैंकले छनोट गरेका स्वास्थ्य चौकीहरुमा वितरण गरिने राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले जानकारी दिए । बेबी वार्मरलाई ‘न्यानो नानी’ को नाम दिएको छ ।

बेबी वार्मरको परीक्षण गर्न र निर्माण गर्न केन्द्रका इन्जिनियरहरुलाई १८ महिना लागेको समेत पुनले जानकारी दिए । पुनका अनुसार भारतमा बनेको यो मेसिनको मूल्य ७० हजार र युरोपमा बनेको मेसिनको मूल्य डेढ लाख भन्दा बढी पर्छ । तर, आफूहरुले निर्माण गर्दा सामानहरुको मात्र ४३ हजार लागेको र धेरै संख्यामा बनाउँदा अझै सस्तो पर्ने पुनले बताए ।

मेडिकल ड्रोन,बादर धपाउने मेसिन, कोरोना संक्रमितलाई अस्पतालमा पुर्‍याउने बाकस, माक्स, पिपिई, स्वाब संकलन गर्ने सुइरो लगायतका कोभिड १९ का लागि उपयोगी सामग्री निर्माण गरेको केन्द्रले अहिले पुनः बेबी वार्मर निर्माण गरेर खोज तथ अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको हो ।

म्याग्दीको नागीमा जन्मेर चितवनमा अध्ययन गर्नुभएका पुनले म्याग्दीमा सबैभन्दा पहिला विकट गाउँहरुमा वायरलेस इन्टरनेट सेवासमेत पुर्‍याएर प्रविधिको क्षेत्रमा प्रवेश गरेका थिए । पुनले म्याग्दीमा ई– एजुकेशन र ई–मेडिसिन सेवा पनि सुरु गरेका थिए । पुन एशियाको नोवेल पुरस्कार भनिने रोमन आविष्कार केन्द्रले बनायो नवजात शिशुलाई राख्‍ने ‘बेबी वार्मर’म्यागासेसे पुरस्कारबाट सम्मानित भएका थिए । – थाहाखबर

सम्बन्धित खबरहरु