अभिनेत्री सिवकोटी भइन् स्क्रिन सिटीको सिइओ

काठमाडौं/ अभिनेत्री वर्षा सिवकोटी नेपाल मेडिसिटी हस्पिटलअन्तर्गत रहेको स्किन सिटीको सिइओ पदमा नियुक्त भएकी छन् । सोमबार अभिनेत्री सिवाकोटीले एउटा प्रेस विज्ञप्ती जारी गर्दै आफू उक्त पदमा नियुक्त भएको र निकै खुसी लागेको उल्लेख गरेका हुन् ।

‘अभिनयसंगै आफ्ना पाइला व्यापारिक क्षेत्रमा पनि अगाडि बढाएको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु, विज्ञप्तीमा उनले बनेका छन्, ‘छाला, कपाल तथा नङसंग सम्बन्धित काम हुने स्क्रिन सिटीमा आबद्ध भएसंगै शभेच्छुकको साथ, सहयोग र सुझावको अपेक्षा गर्नु मेरो दायित्व हो ।’

‘स्किन सिटीलाई नयाँ उचाइमा लैजाने मेरो पहिलो प्रतिबद्धता हुनेछ, उनले भनेकी छिन्– ‘मैले पाएको यो जिम्मेवारीलाई राम्रोसंग निर्वाह गर्नेछु । स्किन हस्पिटलमा मेरो पनि केहि शेयर रहेको बताउन चाहन्छु ।’

‘चलचित्र उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीहरु धेरै छन् । तर, सम्भावना पनि धेरै देखेकी छु । लामो समयदेखि चलचित्र उद्योगमा सक्रिय रहेको सबैलाई थाहै छ, मैले काम गरेका चलचित्रहरुलाई सबैले मन पराउनु भएको छ । अब व्यापारिक रुपमा पनि आफुलाई आवद्ध गराएकी छु । आशा छ यो यात्रामा पनि म सफल हुनेछु,’विज्ञप्तीमा उनले भनेकी छिन् ।

हाल भैंसेपाटीमा मात्रै रहेको स्किन सिटी बिस्तारै काठमाडौंका विभिन्न स्थानमा शाखा बिस्तार गर्ने योजना रहेकासमेत जानकारी दिएको छ ।

विज्ञप्तीमा अभिनेत्री सिवाकोटीले भनेकी छिन्(‘हरेक मानिसको सौन्दर्यले मात्रै उनीहरुको आत्मविश्वास बढ्छ । हामीले स्किन सिटीमार्फत अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ्संग सम्वन्धित कुनै पनि समस्याको खोज, समाधान र उपचारमा हामीले अनुभवी डाक्टरबाट अत्यन्तै आधुनिक प्रविधिबाट उपचार गर्नेछौं ।’

सम्बन्धित खबरहरु