अब पनौतीबाट जगथलीसम्म नियमित बस सञ्चालन हुँदै

खानीखोला, काभ्रे/ जिल्लाको विकट खानीखोला गाउँपालिकाको वडा नम्बर ४ स्थित् जगथलीसम्म पनौतीदेखि बस सेवा सञ्चालन हुने भएको छ । स्थानीय नेता निशान मोक्तानले अनुसार बुधबार जगथलीमा बस उद्धघटन गरेसँगै नियमत रुपमा सेवा सञ्चालन हुने जानकारी दिए ।

उनका अनुसार बस पनौतीबाट साल्मे, डुब्रे, मजुवा, पथ्थरचोक हुँदै जगथली सडक खण्डमा नियम रुपमा बस सञ्चालन हुनेछ । बस पनौतीबाट विहान ९ बजे लाग्ने छन् । उनले उक्त बस टोकेदमारसम्म यात्रु लिनको लागि पुग्ने समेत बताए ।

बस सेवा सञ्चालन हुने खबरसँगै स्थानीयहरु हर्षित भएका छन् । यसअघि सो क्षेत्रका मानिसहरु ताल्ढुंगा चल्ने बस तथा महाभारतको धापको बाटो हुँदै आवातजावत गर्न बाध्य थिए । अब बस सेवा सञ्चालन भएसँगै ती सबै समस्याहरु समाधान हुने खानीखोला–४ का वडाध्यक्ष वीर बहादुर वाईबोका भनाइ छ ।

त्यस्तै, काभ्रे पुण्यवती यातायात प्रा.लि.का अध्यक्ष राजेश कुमार सैंजुले यात्रलाई लाग्ने भाडादर भने बस पनौतीदेखि जगथलीसम्म पुगेपछि मात्रै निर्धारण हुने जनाएको छ । उनले पहिला बस जगथली पु¥याउँदा कति किलोमिटर हुन्छ त्यसको आधारमा भाडादर तोकिने बताए ।

उक्त सडकको साल्मे–मजुवा–जगथली खण्डलाई चामलको बाटो भनेरसमेत चिनिन्छ । विश्वखाद्य, संघ लगायतले धेरै पहिलादेखि बाटो बनाउन सुरु गरेपनि बस भने सञ्चालन गर्न सकेका थिएनन् ।

 

सम्बन्धित खबरहरु