स्पेनसँग ६–० गोलले जर्मनीको लज्जास्पद हार

काठमाडौं/  युइएफ नेसन्स लिग फूटबलमा स्पेनले जर्मनीमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा स्पेनले जर्मनीलाई ६–० गोलले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने रोड्री, अल्भारो मोराटा र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। पछिल्लो १४ बर्षमा २०१४ को विश्वकप विजेता जर्मनीको यो सबैभन्दा नराम्रो हारको रुपमा लिइएको छ।

स्पेनले सर्जियो रामोस र सर्जियो कनालेस बिना उत्कृष्ट प्रदर्शन गरेको थियो। यो जितसँगै स्पेनले नेसन्स लिगको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्पेन समुह चार बाट ६ खेलमा ११ अंक बनाउदै पहिलो हुदै फाइनलमा पुगेको हो ।
#युइएफ_नेसन्स_लिग_फूटबल

सम्बन्धित खबरहरु