स्थानीयले बालिका हत्या आरोपितको घर जलाइयो

बर्दिबास/ स्थानीयद्धारा बर्दिबासमा ६ बर्षीय बालिका हत्या आरोपितको घर जलाइएको छ । आक्रोसित स्थानीयहरुले शहिद आलमको छोरी गुलबा साह खातुनको हत्या आरोपितको घरमा आगो लगाइएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले महोत्तरीको बर्दिबास—१४ शुभम बस्तीबाट आइतबार साँझदेखि हराएकी खातुनको शव बोरामा राखेर झाडीमा फालेको अवस्थामा सोमबार मध्य रातमा भेटिएको जानकारी दिए ।

उनको अनुसार बालिका खातुनको शव शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घर पछाडीको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

डीएसपी चपागाइले हत्या आरोपमा गौशाला—५ का २५ बर्षीय अरुण कुमार साहलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखेको बताए । ‘हो, मैले नै बालिकाको हत्या गरेको हुँ, भनि अरोपीले स्वीकार गरेका छन्,’ उनले भने ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको जस्तो देखिने स्थानीयहरुले बताएका छन् । हत्या गरिएको हो या हैन भन्ने पोस्टमाटम रिपोर्ट आएपछी मात्रा थाहा हुने डीएसपी चपागाइले बताए ।

सम्बन्धित खबरहरु