स्काई लाइटजद्धारा सोसियल र माउन्टलाई खेल सामाग्री सहयोग

बनेपा, काभ्रे/ बनेपा नगरपालिका–५ स्थित् रहेका दुई क्ल्वलाई खेल सामाग्री सहयोग गरेका छन् । समाजिक क्षेत्रमा काम गर्दै आएका स्काई लाइटज गेमीङले एक कार्यक्रमबीच पबजी खेल खेलेर आर्जन गरेको रकमबाट सोसियल सर्भिस युवा क्लब र माउन्ट एभरेष्ट एफ.सि लाई खेल सामाग्री सहयोग गरेका हुन् ।

सोसियल सर्भिस युवा क्लबका अध्यक्ष सागर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा स्काई लाइटजले दुई क्लवलाई फुटबल ३ थान, ब्याडमिन्टन नेट १ थान, ब्याडमिन्टन ४ थान, ब्याडमिन्टन कक २ रोल, टेबल टेनिस ब्याट २ सेट, स्किपीङ १ थान, भलिबल १ थान र फुटबल किपर गोल्ब्स १ थान सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका–५ का वडा अध्यक्ष बलराम अधिकारीले समाजमा रहेका युवाहरुलाई खेलको माध्यमबाट कुलतबाट जोगाउन र स्वास्थ रहन यस खेल सामाग्रीले सहयोग पुग्ने बताए । त्यस्तै सकाईलाइटज गेमीङका योनटेन श्रेष्ठले विगतमा पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।

उक्त कार्यक्रममा क्लबद्वारा स्काई लाइटजलाई मायाको चिनो र कदर पत्र सहित सोसियल सर्भिस युवा क्लब र माउन्ट एभरेष्ट एफ.सिको नाम र लोगो अङ्कित टिसर्ट प्रदान गरिएको थियो । सोसियल सर्भिस युथ क्लबका अध्यक्ष सागर मानन्धरले आफुलाई युवाहरुमार्फत भएको सहयोगले खुशी बनाएको र सहयोगबाट प्राप्त सामाग्रीहरुलाई सदुपयोग गरेर खेल क्षेत्रलाई उटकृष्ट बनाउने योजना रहेको बताए ।

स्काई लाइटजले केही समय अघिमात्र स्पाईनल मस्कुलर एट्रोफि नामक रोगबाट पीडित भैरहवा निवासी १३ महिनाकी बालिका सियोना श्रेष्ठलाई ५ लाख ५० हजार रकम सहयोग गरिएको थियो । त्यस्तै बनेपा नगरका ३० जना अति निम्न परिवारलाई विभिन्न राह्नत प्याकेज वितरण गरिएका थिए ।

कार्यक्रममा स्काई लाइटजका मुकेश मानन्धर, असेन श्रेष्ठ , माउण्ट एभरेष्ट एफ।सि का अध्यक्ष मनिस भोछिभोया, सोसियल सर्भिस युवा क्लबका सल्लाहकार श्याम राजबहाक लगायतको उपस्थिति रहेका थिए । कार्यक्रम दिपक तामाङले सञ्चालन गरिएको थियो ।

सम्बन्धित खबरहरु