साली बनाउँछु …

♦ सेमसाङ वाईबा

गजल
तिमिलाई म मेरी काली बनाउँछु
तिम्रो बहिनीलाई साली बनाउँछु ।

राखौँला सुःखैमा माया गरि सानू
हाली झुपडि सानो पाली बनाउँछु ।

राख्नु मलाई हृदयमा प्रेम भावले
तिमी फुल बन्नु म डाली बनाउँछु ।

नगर्नु दायाँबायाँ कुरा काट्छन् हेर
कसम मेरो मनकै माली बनाउँछु ।

गरौला मेहनत पाखा पखेरि भरी
रोपौला धान मकै आली बनाउँछु ।
नमोबुद्ध–८, काभ्रे

(वाईबा डाँडापारि सन्देशका कला/सहित्यको नियमित सर्जक हुन् ।)

सम्बन्धित खबरहरु