विधानसभा निर्वाचनको मत परिणाम आएलगत्तै बोले नितिशकुमार

एजेन्सी/ विहार विधानसभा निर्वाचन आफ्नो पक्षमा बहुमत आएपछि नितिशकुमारले जनतालाई धन्यवाद दिएका छन् ।

एनडिएलाई बहुमत प्राप्त भएसँगै नितिशकुमार विहारको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

मतपरिणाम आएलगत्तै नितिशकुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनता मालिक भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्ः ‘जनता मालिक हुन् ।

उनीहरुले योपटक एनडिएलाई बहुमत प्रदान गरेका छन् । त्यसैले जनता जनार्दनलाई नमन गर्दछु ।’ साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत धन्यवाद दिएका छन् ।

यसपटकको निर्र्वाचनमा विहार एनडिए गठनबन्धनले १२५ सिटसहित बहुमत प्राप्त गरेको छ भने महागठबन्धनले ११० सिट प्राप्त गरेको छ ।

सम्बन्धित खबरहरु