लमजुङमा धान उत्पादन बढ्यो, करिब ९० प्रतिशत धान भित्र्याई सक्योः ज्ञान केन्द्र

लमजुङ/  जिल्लमा यसवर्ष मसिर महिना नसकिँदै करिब ९० प्रतिशत किसानले धान काटेर सकेका छन् । कृषि ज्ञान केन्द्र लमजुङले किसानहरुले पछिल्लो समय उन्नत र हाईव्रिड जातको धान लगाउने क्रम बढेको हुँदा मंसिर नलाग्दै धान पाक्ने हुँदा टार र खोला खेतहरुमा लगाईएको धान काटेर थन्काई सकिएको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले सामान्यतय स्थानीय जातको धान थोरै क्षेत्रमा लगाईएकोले करिब १० प्रतिशत धान काट्न र थन्काउने क्रममा रहेको रेग्मीको बताए ।

जिल्लाका किसानले सुनौलो सुगन्ध, रामधान, जेठोबूढो, एक्ले, सुख्खा २, सावित्री, लोकतन्त्र, गोरखनाथ, युएस ३१२, मकवानपुर, मनसुलीलगायत जातका धान लगाउँदै आएका छन् । त्यस्तै जिल्लाका ठूला फाँटका रूपमा रहेका अल्काटार, साइलीटार धमिलीकुवा, भलाखर्क, राइनासटार, रामचोकफाँट, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सत्रसयफाँट लगायतका ठाउँमा बढी धान उत्पादन हुँदै आएको छ। उन्नत जातको धान चाँडै पाक्ने भएकोले मसिर नलाग्दै काट्ने र थन्काउने काम भएको कार्यालयले जनाएको छ ।

त्यस्तै कोभिड–१९ को प्रभावसँगै सरकारले जारी गरेको लकडाउनका कारण शहरमा बस्नेहरु गाउँमै भएकोले धान खेती बृद्धि हुने अनुमान गरिएको छ ।

कार्यालयको तथ्याँक अनुसार जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १६ हजार छसय १२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। त्यस्तै जिल्लाको नौसय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको छ ।

जिल्लामा कुल जमिनको क्षेत्रफल एकलाख ६९ हजार दुईसय २० हेक्टरमध्ये ३५ दशमलव ५३ हेक्टर मात्रै खेतीयोग्य रहेको छ । कार्यालयका अनुसार कुल खेतीयोग्य जन मध्ये ४५ हजार ५० हेक्टर अर्थात खेतीयोग्य जमिनको ७२ दशमलव ८२ प्रतिशत जमिनमा खेती हुने गरेको छ । सो बाहेक नौसय २७ हेक्टर जमिन बाँझो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस्तै जिल्लामा खेतीयोग्य जमिन मध्ये पाँचहजार १० हेक्टर जमिनमा बाह्रै महिना सिँचाईको व्यवस्था छ। सो बाहेक नौहजार चारसय ६५ हेक्टर जमिनमा मौषमी सिंचाई हुने गरेको र ३० हजार पाँचसय ७५ हेक्टर जमिन असिंचित रहेको सूचना अधिकारी रेग्मीको भनाई छ ।

सम्बन्धित खबरहरु