रोगको कारण लमजुङमा सुन्तला उत्पादन घट्यो

लमजुङ/ लमजुङमा सुन्तला खेती हुने गरेपनि बोटमै विभिन्न रोग लागेका कारण केही वर्षयता उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी मदन रेग्मीले मौसममा अनियमित बदलाव, पुरानो बोट, रोग–कीराको प्रकोप र आवश्यक स्याहार नपुग्दा विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको जानकारी दिए।

सुन्तला खेतीको व्यवसायिक संरक्षण नहुँदा उत्पादन घट्दै गएको उनको भनाई छ । त्यस्तै, जिल्लाका प्राय सुन्तला बगानहरूमा पुराना बोट भएको र बोट अनुसार सुन्तलाको स्याहार नपुगेको कारण उत्पादनमा हस आएको अनुमान गरिएको छ ।

केहीवर्ष अघिसम्म सुन्तला उत्पादनबाट मनग्य आम्दानी हुने गरेपनि पछिल्ला वर्षहरूमा उत्पादनमै कमी आएसँगै किसानहरू सुन्तला खेतीतर्फ निरुत्साहित हुँदै गएका छन्‌ ।

जिल्लामा सुन्तला खेतीको सम्भावना भएपनि भूगोल अनुसार खेती गर्न नजान्दापनि ​सुन्तला उत्पादन अपेक्षित हुन नसकेको ज्ञान केन्द्रले जनाएको छ । विशेषगरी एकहजार मिटरभन्दा माथिल्लो भेगमा हुने सुन्तला खेतीका लागि कम उचाइमा उत्पादन गरिएका बिरुवा लगाउने गरिएकोले अपेक्षित उत्पादन नभएको प्राविधिकहरूको बुझाई छ ।

सम्बन्धित खबरहरु