मोटोपन, कब्जियत, हाडजोर्नी र उच्च रक्तचापको समस्याबाट छुटकारा पाउन मेवा

एजेन्सी/  मेवाले शरीरलाई विभिन्न फाइदाहरु दिन्छन् । मेवा जति स्वास्थ्यका लागि फाइदाजनक छ त्यति नै पाचन प्रक्रियालाई समेत मजबुत बनाउँछ । साथै, मोटोपन समेत घटाउँछ ।

मेवालाई जुस बनाएर पनि पिउन सकिन्छ । काँचो मेवालाई तरकारीको रुपमा पनि पकाउँन सकिन्छ । प्राचीन कालमा मेवालाई घरेलु उपचारका लागि प्रयोग गर्ने गरिन्थ्यो ।

१. मेवाले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । मेवाले पेटलाई सफा गर्छ । साथै आँखाका लागि पनि मेवा निकै फाइदाजनक हुन्छ । मेवा खाँदा शरीरमा पानीको कमी हुँदैन । एक अनुसन्धानका अनुसार १०० ग्राम मेवामा ४३ ग्राम क्यालोरी हुन्छ ।

२. मेवामा भारी मात्रामा फाइबर, पोटाशियम, भिटामिन पाइन्छ । जसको सेवनले मुटुसँग जोडिएका विभिन्न समस्याहरु कम हुन्छ । मुटुको समस्यामा डाक्टरहरु मेवा खाने सल्लाह दिन्छन् ।

३. मेवाको सेवनले हाडजोर्नीको समस्या कम गराउँछ । मेवामा पाइने एन्टी–इन्फ्लेमेटरी एन्जाइम धेरै मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याको समाधानमा सहयोग गर्छ ।

४. डाक्टरहरुले उच्च रक्तचापका बिरामीहरुलाई मेवा खान सल्लाह दिन्छन् । मेवामा पाइने पोटाशियम धेरै मात्रामा पाइन्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ र सन्तुलनमा राख्छ ।

सम्बन्धित खबरहरु