बंगलादेशसँग नेपालले जित निकाल्न सकेन

काठमाडौं/ नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा पनि नेपालले जित निकाल्न सकेन । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार साँझ सकिएको खेललमा बंगलादेशले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो । योसँगै नेपालले २ म्याचको सिरिज बंगलादेशलाई सुम्पिएको छ ।

पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले नेपाललाई २–० ले जितेको थियो । नेपाली टोलीका प्रशिक्षणक बालगोपाल महर्जनले जितका लागि ५ खेलाडी परिवर्तन गर्दै युवा सेट मैदान उतारेका थिए ।

पहिलो हाफबाटै आक्रामक खेल पस्किएको नेपालले निकै अवसर बुने पनि गोल गर्न चुकेको थियो । दोस्रो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेडर, पोलमा लागेर फर्किएपछि नेपाल जितबाट विमुख भएको थियो ।

नेपाली टोलीबाट आज डिफेण्डर छिरिङ गुरुङ, मिडफिल्डर सेसेहाङ आङदेम्बे र पुजन उपरकोटीले डेब्यू गरे ।

सम्बन्धित खबरहरु