नेपालकी १९ वर्षीया सपना विश्वको १०० प्रभावशाली महिलाको सूचीमा

काठमाडौँ/ नेपालबाट १९ वर्षीय सपना रोका मगर विश्वको १ सय प्रभावशाली महिलामा परेकी छिन् । म्याग्दी घर भएकी सपना बीबीसीले सन् २०२० का लागि तयार पारेको संसारभरीका १०० प्रेरक र प्रभावशाली महिलाको सुचीमा परेका हुन् ।
बीबीसीले प्रत्येक वर्ष #BBC100Women कार्यक्रमअन्तर्गत महिला केन्द्रित समाचारलाई विशेष महत्त्वका साथ प्रकाशित तथा प्रसारित गर्छ । यसअघि यो सूचीमा नेपालबाट दलित तथा सीमान्तृक समुदायकी उमादेवी वादी परेकी थिइन् ।
विश्वको प्रभावशाली महिलाको सुचीमा पार्न सफल भएकी सपना उनी पशुपति आर्यघाट लगायतको स्थानमा बेवारिसे शव व्यवस्थापनमा संलग्न तथा सक्रिय छिन् । सपनाले खासगरी लकडाउनका बेला समस्यामा परेका बेवारिसे शव जलाउने काम गरेकी थिइन् । त्यस्तै, पछिल्लो समय असहाय र गरीबलाई निःशुल्क खाना पनि खुवाउँने अभियनमा सक्रिय रुपमा लाग्दै आइरहेकी छिन् ।
यो वर्ष यो १०० महिलाको सूची विशेष रुपमा ती महिलालाई दर्साइरहेको छ जसले यो अशान्त समयका बेला परिवर्तनको नेतृत्व गरेर समाजमा केही प्रभाव पारिरहेका छन् । यो सूचीमा सपना सहित फिनल्याण्डका प्रधानमन्त्री, वैज्ञानिक, लेखक, अनुसन्धानकर्ता लगायत परेका छन् ।
वेवारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रका अध्यक्ष एंव सपनालाई सही मार्गको ल्याउने व्यक्ति विजयजंग वस्नेतले फेसबुकमा स्टाटस लेख्दै सपना विश्वको एक सय महिलाको सुचीमा परेकोमा बधाई दिएको छ । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘बधाई छ सपना बैनी तिमीले गरेको मानवीय धर्मको काम लाई सरकारले नदेखे पनि विश्वले देख्यो … BBC ले सार्वजनिक गरेको २०२० को प्रेरणादायी काम गर्ने १०० महिलाहरुको लिस्टमा तिम्रो नाम संगै नेपालको नाम लेखायौँ, विश्व लाई चिनायौ । अझै धेरै प्रगतिको कामना …’
को हुन्, सपना ?
म्याग्दी स्थायी घर भएकी सपना रोका मगर ०७३ सलामा एसएलसीपछि उच्च शिक्षाको लागि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेका थियो । तर, बेनीमा अध्ययनकै सिलसिलमा उनी साथी संगतमा परेर काठमाण्डौ आइपुगिन् ।
काठमाडौँ आईपुगेपछि साथी संगतका कारण तथा विश्वासघातमा परेर सडकमा पुगेको थिए । सडकको जिन्दगी भोगिरहेका उनको भेट वेवरिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्रको अध्यक्ष विनयजंग वस्नेतसँग भयो । वस्नेतसँगको भेटपछि भने उनको जीवनले नयाँ मोड लिएका थिए । त्यहीँ नयाँ मोड अर्थात् फेरिएको जीवनशैलीसँगै उनले बस्नेतको समुहमा रहेका वेवारिसे शव व्यवस्थापनको कार्यमा लाग्न थले ।
त्यहीँ शव व्यवस्थापन कार्यको निरन्तरताले सपनालाई आज विश्वका शाक्तिशाली एक सय महिलाहरुको सुचीमा पर्न सफल भएका हुन् । उनी यो स्थानमा पुग्नुको पछाडी वस्नेतको ठुलो साथ, सहयोग र माया रहेको उनीले बताइन् ।