तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको बिक्री बढ्यो

काठमाडौँ / दीपावली र छठ नजिकिएसँगै सिराहामा माटो र बाँसका विभिन्न सामग्रीको बिक्री बढेको छ । नेपालीको दोस्रो ठूलो पर्व दीपावलीमा माटोको दियो, डिबियासँगै गाग्री (घैला)को प्रयोग गरिन्छ ।

त्यसैगरी छठमा विशेषगरी गाग्री, दियो, ढकना, हात्तीजस्ता माटोले बनेका सामग्रीको प्रयोग हुँदै आएको छ । सिराहामा माटो र बाँसले बनाएका सामग्रीको हाटबजारमा बिक्री बढेको व्यवसायीहरू बताउँछन् ।

छठ पर्वमा चाहिने माटोका सामग्री (घैला, ढकना, हात्ती, दियो) तीन सयदेखि तीन सय ५० रुपैयाँमा बेच्दै आएको पण्डितले बताए । यता बाँसका ढकिया तीन सय ५०, सुपा दुई सय, डगरी–कोनिया एक सय ५० रुपैयाँ बेच्दै आएको सिराहा नगरपालिका १९ का प्रमोद मल्लिकले बताए ।

जिल्लाको मुख्य बजार क्षेत्र सदरमुकाम सिराहा, मिर्चैया, लहान, गोलबजार र ग्रामीण बजारहरू कल्याणपुर, सुखीपुर, कर्जन्हा, बरियारपट्ट, भगवानपुरलगायतका बजार क्षेत्रमा माटो र बाँसका सामग्रीको बिक्री बढेको स्थानीय व्यवसायीहरू बताउँछन् ।

 

सम्बन्धित खबरहरु