तिहारको पखाईमाः मनै लोभ्याउने फूलहरु (फोटोफिचर)

काभ्रे/ तिहार आउन अब एक दिन मात्र बाँकी छ । शुक्रबारबाट तिहारले पहिलो पाइला काग तिहार हुँदै सुरु गदैँ छन् । तिहारलाई फूलहरुको पर्वको रुपमा चिनिन्छ । यति बेला आकर्षक फूलले घर तथा आसपासको वातावरण नै मनमोहक बनाएको छ । तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको माग बढी हुन्छ । झन् मखमली फूलले तिहारमा विशेष महत्व राख्छ ।

विगतका वर्षको तुलनामा यस वर्ष तिहार केही ढिलो परेकाले फूलहरु सबैतिर ढकमक्क फुलिसकेका छन् । त्यस्तै छिटो नओइलाउने मखमली फूलको त बिक्री नै सुरु भइसकेको छ । तर सयपत्री र गोदावरी फूल चाहिँ चाँडै ओइलाउने हुँदा किसानले टिप्न हतार गरेका छैनन् । विशेषगरी फुलहरु लक्ष्मीपूजा र भाइटीकाको बेला बढी प्रयोग हुने गर्छ । हेरौ, डाँडापारि सन्देशका लागि कार्यकारी सम्पादक इकमान लामाले खिचिएका केही मनै लोभ्याउने सयपत्री, गोदावरी र मखमलीका फूलका केही तस्वीरहरु:

सम्बन्धित खबरहरु