तिहारका लागि १८ करोडको झिलिमिली बत्ती आयात गरिने

काठमाडौँ/ तिहारलाई लाइट अर्थात् बत्तीको चाड पनि भनिन्छ । तिहारको झल्को दिने झिलिमिली बत्तीको सहर बजारदेखि गाउँसम्म माग उच्च हुन्छ । यसपटक भने समय र परिस्थिति अलि भिन्न बनेको छ । कोरोना महामारीबाट उत्पन्न समस्याका कारण तिहारमा यसपटक झिलिमिली बत्तीलगायत विद्युतीय सामग्रीको खपत्त प्रभावित हुने व्यवसायी बताउँछन् ।

गत वर्ष तिहारका लागि ६० देखि ७० प्रतिशतसम्म माग रहेकोमा यसपटक ३० प्रतिशत मात्र माग रहेको व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए । गत अघिल्लो वर्षको तिहारमा ६० करोडको तिहारका लागि झिलिमिली बत्ती आयात गरिएको थियो । कोरोना भाइरसका कारण यसपटक माग कमी आएको उद्योगधन्दा, व्यापार–व्यवसाय कम सञ्चालन रहेका कारण मागमा निकै कमी आएको अध्यक्ष पौडेलले बताए ।

गत वर्ष तिहारका लागि ६० करोडको तिहारको विद्युतीय सामग्री आयात गरिएको यसपटक मागमा कमी आएपछि १८ करोडको मात्र झिलिमिली बत्ती आयत गरिने महासंघले जनाएको छ । धेरैजसो आयात हुने विद्युतीय झिलिमिली बत्ती चिनियाँबाट आयात हुने गर्दछ । संघका अनुसार नेपालमा ९५ प्रतिशतभन्दा बढी तिहारका लागि चिनियाँ बत्ती आयात हुने गर्दछ ।

मूल्य पुरानै कायम
गत वर्ष तिहारको समयमा ६० करोडबराबरको झिलिमिली बत्ती आयात हुँदा झन्डै २० प्रतिशतले मूल्य बढेको भए पनि यसपटक भने मूल्य नबढाउने व्यवसायीहरूले बताएका छन् । पौडेलका अनुसार यसपटक मूल्यमा कुनै थपघट हुँदैन, गत वर्षकै मूल्यमा राखिने पौडेलले नयाँ पत्रिकासँग बताए ।

‘यसपटक धेरै मार्जिन राखेका छैनौँ, यसपटक आयत पनि कमी हुने खपत पनि कम भएका कारण मूल्यमा कुनै सम्झौता गरेका छैनौँ,’ पौडेलले भने । होलसेल पसलबाट मूल्य नबढेको भए पनि व्यापारीहरूले भने मूल्य बढाएर उपभोक्ताहरूलाई बेच्दै आएका छन् । सहरबजारहरूमा यस्ता विद्युतीय माग उच्च रहने गर्दछ ।

सम्बन्धित खबरहरु