चिनियाँ रक्षामन्त्री ३ वर्षपछि नेपाल आउँदै

काठमाडौँ/ चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । उनी भारतबाट उच्च सुरक्षा अधिकारीहरुको भ्रमणपछि चीनबाट तीन वर्षपछि नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भने चिनियाँ रक्षामन्त्री फेङ्गे नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुनेछ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उनले सहभागिता जनाउने छन् ।

सम्बन्धित खबरहरु