गायक रुम्बाको ‘परदेशीको जीवन’ चर्चा बटुल्दै (भिडियोसहित)

गायक करप रुम्बाको केही दिनअघि सार्वजनिक भएको नयाँ गीत ‘परदेशीको जीवन’ दर्शकमाझ लोकप्रिय बन्दै गएको छ । गायक रुम्बाले आफ्नै युट्युव च्यानल करप रुम्बामार्फत् बजारमा ल्याएको गीतले सकारात्मक प्रतिक्रिया पाइरहेका छन् ।

गायक रुम्बाकै स्वर तथा शब्द रहेको ‘परदेशीको जीवन’ गीतमा साच्चै नै परदेशमा रहेका नेपालीहरुको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरेको छ ।

सुकदेव राईले सम्पादन गरेको गीतलाई ज्ञान लामाले छांयाकन गरेका हुन् । त्यस्तै परदेशीको बेदनालाई समेटेर तयार पारिएको यस गीतको संगीत भने गायक तथा संगीतकार छेडुप मोक्तानले भरेका छन्। दिपेश प्रधानको मिक्सिङ रहेको यस गीतको ऐरेन्जिङ चाँद सिँहको रहेको छ ।

गायक रुम्बालाई फिचरिङ गरिएको भिडियो कोरियामा छांयाकन गरिएका हुन् । गीतमा तिहारमा आफ्ना चेलीसँग भेट्न नपाउँदाको पीडा कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ । गायक रुम्बाले अरु नयाँ गीतहरु पनि छिट्टै दर्शकमाझ् ल्याउने तयारी गरिरहेको बताए । गायक रुम्बाले अरु नयाँ गीतहरु पनि छिट्टै दर्शकमाझ् ल्याउने तयारी गरिरहेको बताए ।

भिडियो

सम्बन्धित खबरहरु