खानीखोलाको जनहित मा.वि.मा दुई सिफ्टमा कक्षा सञ्चालन हुने

खानीखोला, काभ्रे/ कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनसक्ने भन्दै ०७६ चैतदेखि बन्द रहेका खानीखोला गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालय आइतबारदेखि खुल्ने भएसँगै खानीखोला–७ स्थित् महांकालमा रहेको जनहित माध्यमिक विद्यालयले पनि विद्यालय सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७, खानीखोला गाउँपालिकाको कार्यपालिकाको बैठकको निर्णय बमोजिम विद्यालयले कोरोनाको कहरलाई माध्यनजर गरी विहानी र दिवा गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजानिक गरिएको हो ।

जनहित मा.वि.का प्रधानध्यापक केशव बहादुर मगरको अनुसार विहानी सिफ्टमा कक्षा ८, ९ र १० को पठनपाठन विहान ७ बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै दिवा सिफ्टमा बाल कक्षा र कक्षा १ देखि ७ को पठनपाठन विहान ११ः३० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छन् । ४ मङ्सिरमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा तथा सरकारले तोकेका मापदण्डको अनुसार पठनपाठन हुने विद्यालयले जनाएको छ ।

जनहितका प्रअ मगरले सबै विद्यार्थीले अनिवार्य माक्सको प्रयोग गरेर मात्रै विद्यालयभित्र प्रवेश गर्न पाउने र विद्यालय प्रवेश गर्नुअघि साबुन पानीले हात धाई शरिरको तापक्रममा जाँच गरेर कक्षा कोठामा पठाउने गरी विद्यालय सञ्चालन मोडालिटी बनाएको डाँडापारि सन्देशलाई जानबारी दिए । उनले कक्षामा तोकिएको मापदण्ड अनुरुप समाजिक दुरी कायम गरी बस्ने लगायतका ९ वटा नियमहरु बनाइएको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम शिक्षक अविभावक विद्यालय व्यवस्थापन समिति, शिक्षक अविभावक संघ, विद्यार्थी लगायत सरोकारवालाहरुको बैठक बसी स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको थियो । ।

यस्तो छ, विद्यालय सञ्चालनबारे विद्यार्थी, अभिभावक र शिक्षकहरुको लागि जारी गरिएको सूचना

Image may contain: text

सम्बन्धित खबरहरु