काभ्रे काँग्रेसमा एकपछि अर्को धक्का, खानीखोलामा पनि नेकपामा प्रवेशको लहर (फोटोसहित)

खानीखोला, काभ्रे/ जिल्लाको खानीखोला गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् । नेकपा खानीखोला–७ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनीहरुले नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नेकपा वागमती प्रदेश सचिवालय सदस्य तथा संघीय सांसद् गंगाबहादुर तामाङ (बमध्वज)ले निर्वाचनको समयमा आम जनाताको घर–घरमा पुग्न नसके पनि जनयुद्धको बेला सबैमा पुगेको स्मरण गदैँ डाँडापारिको आफ्नो निर्वाचन क्षेत्र खानीखोला गाउँपालिको प्रत्येक वडाको समस्या र माग पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशको विकास नेकपाले मात्रै गर्ने र त्यही अनुरुप विकास पनि भइरहेको बताए । त्यस्तै संविधानसभा सदस्य रामहरि सुवेदीले डाँडापारिका हरेक गाउँ वस्तीमा गाडीको आवाज सुनिने गरी गाडी ल्याउने काम नेकपा नेतृत्वको सरकारले गरेको बताए । यो पनि जनताको विकासको खुट्किलोमध्ये नै भएको उनको भनाई छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

त्यस्तै, नेकपा प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ले काँग्रेसले इतिहास अहिलेसम्म डाँडापारिको जनतासामु कुनै विकास दिएको रेकर्ड नभएको बताए । उनले ०४८ सालदेखि यता हेर्दा पनि डाँडापारिको जनतासामु ल्याएको कुनै विकास छ भने देखाउनसमेत चुनौती दिए । ‘डाँडापारि र त्यसमा पनि खानीखोलामा पनि विकास गर्ने पार्टी भनेको नेकपा मात्रै रहेको छ,’ उनले भने, ‘नेकपा सबैलाई जनतालाई साथमा लिएर दुःख र सुःखमा सँगसगै हिड्ने एक मात्र पार्टी हो ।’

 

त्यसैगरी, नेकपाका नेता दैवलाल घिसिङ ‘अनुशिल’ले नेकपा विकासप्रेमी पार्टी भएको र खानीखोलाको जनता पनि सधैँ परिवर्तनको पक्षका रहेकोले नै काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको बताए । उनले सिंगो खानीखोलाको विकासको सन्दर्भलाई हेँदा पनि नेकपाले मात्रै जनताबीचमा रहेर विकास गरेको बताए ।

काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नवप्रवेशी नेता तथा कार्यकर्तालाई सांसद् गंगाबहादुर तामाङ (बमध्वज) लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रममा काँग्रेस नेता मंगल बहादुर स्याङतानको नेतृत्वमा ३९ जनाभन्दा बढीले नेकपामा प्रवेश गरेका छन् । योसँगै काभ्रे काँग्रेसमा एकपछि अर्को धक्का लागेको हो । मंगलबार मात्रै महाभारतबाट १ सय ६८ जनाबढीले काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको थियो ।

कार्यक्रममा नेकपा प्रदेस कमिटी सदस्य तथा संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), नेकपा काभ्रे जिल्ला सदस्य दैवलाल घिसिङ (अनुशिल), पार्टीका नेता शेखर लामा, गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुक्मीणी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

सम्बन्धित खबरहरु