काभ्रेमा होम आइसोलेसनमा कारोना संक्रमितको मृत्यु

काभ्रे/ जिल्लामा कोरोना संक्रमित व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको छ । नमोबुद्ध नगरपालिकाका ८६ वर्षीय कोरोना संक्रमित पुरुषको घरमा नै होम आइसोेलेसनमा रहेको अवसथामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुरुषमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । जसमा १३ महिला र २७ पुरुष रहेका छन् । त्यस्तै ९ महिला १७ पुरुष भने अन्य जिल्लाको रहेको छ ।

थप ५ जनामा कोरोना
जिल्लामा आइतबार थप ५ जनामा कोरोना संक्रमित थपिएको छ । थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट २ महिला र २ पुरुष र पनौती नपाका १ पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार १९ पुगेको छ । त्यस्तै जिल्लमा ५ सय ५३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमा आस्पतालको आइसोलेसनमा ३२ जना र होम आइसोलेसनमा ५ सय २१ जना रहेका छन् । त्यस्तै कार्यालयका प्रमुख डा. झाले संक्रमितमध्ये १ हजार ४ सय ४० जना संक्रमणमुक्त भइसकेका छन् ।

 

सम्बन्धित खबरहरु