काँग्रेस महाभारतमा पहिरो, नेकपामा प्रवेशको ओइरो (फोटोसहित)

– नेकपा फुट्दैन, विवाद समाधान भइहाल्छः हितबहादुर
– महाभारतको विकास नेकपाले गर्छः लालध्वज
महाभारत, काभ्रे/ महाभारत गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लहर लागेको छ । गाउँपालिकास्थित् देवीटारमा दिपावली, नेपाल सम्वत्, छट पर्व तथा ल्होछारको अवसरमा नेकपा महाभारत गाउँ पार्टी कमिटिको आयोजनामा भएको चियापन, शुभकामना आदान प्रादान कार्यक्रममा नेकपामा पार्टी प्रवेश गर्नेको ओइरो लाग्दा काँग्रेसमा भने पहिरो गएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस महाभारत गाउँपालिकाका वाडा नम्बर २ वडा उपसभापति कुलमान घिसिङ, साही वडा पार्टी सचिव पञ्चवीर वम्जन, काँग्रेसका २० वर्ष अघिदेखिका सक्रिय सदस्य तथा महाभारत काँग्रेसका पील्लरसमेत मानिने सुकमान ग्लान, काँग्रेसको तर्फबाट महाभारत–६ का वडा अध्यक्षको उम्मेदवार पदमध्वज वाईबा, तरुण दलका क्षेत्रीय सचिव सन्देश वाईबा, राप्रपाका नेता तथा १० वर्ष प्रधान पञ्चसमेत चलाएका शम्भु कुमार राना मगर लगायत गरी विभिन्न परित्याग गरी १ सय ६८ बढी नेता तथा कर्याकर्ता नेकपामा प्रवेश गरेका छन् । त्यस्तै बुढाखानीका पुर्व गाविस सभापति शोभा वाईबाका श्रीमती र छोरीसमेत काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको थियो । नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, वागमती प्रदेश सह–इन्चार्ज तथा पूर्व मन्त्री हितबहादुर तामाङसहितका नेताहरुले खादा, अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तामाङले नेकपामा अहिलेको संघीय लोकन्त्रिक गणतन्त्रको रक्षा तथा संरक्षण कसरी गर्ने, त्यसको प्रभावकारी कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । साही विवाद अहिले बाहिर पार्टी विभाजनसम्म पुग्ने हो की भन्ने ढंगबाट प्रचार भइरहेको उनको भनाई थियो । ‘नेकपा अहिले तीन तहका राजनीतिक सत्तालाई कसरी डो¥याउने भन्ने विषयमा बहर भइरहेको छ, यो बहस हुँदा पार्टी फुट्छ की तहसनहस हुन्छ कि भन्ने कसैलाई लागिरहेको छ भने त्यो भ्रम मात्र हुनेछ ।’ उनले भन,े ‘पार्टी कुनै पनि हातलमा फुट्ने छैन, तपाईहरु ढुक्क हुनुस् ।’

पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ ‘लालध्वज’ले महाभारतको विकास नेपमाबाट मात्रै सम्भव रहेको दावी गरे । ‘महाभारतको विकास यदि कुनै पार्टीबाट मात्रै सम्भव छ भने त्यो नेकपा हो,’ उनले भने, ‘अहिले नेकपाको सरकारले महाभारतमा विकासका धेरै काम गरिसकेको छ, अव काँग्रेसबाट महाभारतको विकास हुने कसैले सपना देख्छ भने त्यो दिवाप्सना मात्रै हुनेछ । त्यसैले आम महाभारतवासी नेकपमा गोलबन्द भई समृद्धको यात्रामा अघि बढ्न आवश्यक छ ।’

त्यस्तै, नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईंले जिल्लामा पार्टी एकतामा केही समस्या अवश्य पनि भएको स्वीकार गर्दै पाटीभित्र रहेको केही समस्या छिट्टै समाधान हुने र पार्टी एकताको बाँकी काम सम्पन्न हुने बताइन् । नेकपा काभ्रेका सचिव टोक बहादुर वाईबाले नव प्रवेशीहरुलाई धन्यवाद दिँदै विश्व आक्रान्त भइरहेको कोरोना भाइरसको कारण जनताको स्थास्थ्य स्थिति अत्यन्तै संकटपुर्ण अवस्थामा गुज्रिरहेको वेला पनि महाभारतमा विभिन्न पाटी परित्याग गरी नेकपामा गोलबन्द हुन आएकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रेदशसभा सदस्य रत्न ढकालले महाभारतको विकासका लागि आफु सधैँ तप्पर रहेको बताउँदै महाभारतका जनताले नेकपा र नेकपाले महाभारतको समस्या बुझेको बताए । त्यस्तै नेकपा बागमती प्रदेशका सदस्य इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ले काँग्रेस जनताबाट पर–पर भएर गइसकेकोले अब देशमा नेकपाको विकल्प नरहेको बताए । त्यस्तै उनले काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई नेकपाले लिएको समृद्धिको अभियानमा जोडीएकोमा धन्यवाद दिंदै नवप्रवेशीहरुलाइ पार्टीले उचित जिम्मेवारी समेत दिने बताए ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष तथा नेकपाका नेता कान्छालाल जिम्बाले पार्टी प्रवेश गर्नेहरु धेरै छुटेको बताउँदै अर्काे पटक हुने कार्यक्रममा अहिलेको भन्दा दोब्बरलाई पार्टी प्रवेश गराउने दावी गरे । नेकपाका जिल्ला सदस्य सुजन लामाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपाका नेता इन्द्र तामाङ, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, नेकपाका नेता धनश्याम आले मगर लगायतले सम्बोधन गरेका थिए । त्यस्तै, कार्यक्रममा नेकपामा पार्टी प्रवेश भएको खुसीयालीमा रितु वाईबाले नृत्यु प्रस्तुतसमेत गरेको थियो भने अन्य नवप्रवेशीसहितका नेता तथा कार्यकर्ता समुहिक नाचगान गरेर खुशीयाली मनाइएका थिए ।

 

नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको उनीहरुले काँग्रेसले विकासको आशा मात्रै देखाएर महाभारतका जनतालाई धेरै पटक झुक्याउँने काम गरेको र नेकपाले वास्तावमै जनताको हितमा काम गरेकोले पार्टी प्रवेश गरेको बताए ।

त्यस्तै वडा उपसभाति रहेका घिसिङले काँग्रेसबाट महाभारतको किकासको कुनै योजना नै बनाएकोले नेकपामा लागेको बताए । उनीले जस्तै, काँग्रेसका सक्रिय सदस्य ग्लानले काँग्रेस जनताको भन्दा पनि गुन्डागर्दी गर्नेहरुको पार्टी हुँदै गएकाले आफुले काँग्रेस छाडेको सुनाइन् । ‘काँग्रेसमा मैले २० वषभन्दा वढी समय सक्रिय रुपमा लागेर धेरै योगदानसमेत गरे तर अहिले काँग्रेसमा विपी कोइरालाको निधनपछि असली राजनीति सकेको छ,’ उनले भने, ‘केही परिवर्तन होला कि सुध्रेला कि भनेर बसे झन्झन् विग्रिँदै गएपछि काँग्रेस परित्याग गरेको हो ।’

 

 

 

सम्बन्धित खबरहरु