उमेरले ६६ वर्ष पुगेका गुरुङ भेडा पालनबाट गुजारा चलाउँदै (फोटोफिचर)

रश्मी लोप्चन
लमजुङ/ जिल्लाको दुधपोखरी गाउँपालिका–६ स्थित् डाडाँथोकको ६६ वर्षीय प्रेम बहादुर गुरुङको हरेक दिन भेडीगोठमै बित्ने गरेको छ । उनी यस पेशाबाट सन्तुष्ट पनि छन् । साथै गुरुङको दिनचर्या घरभन्दा भेडा गोठमा बित्ने गर्छ । यदिसम्म कि गुरुङको पुरा जीवन नै भेडीगोठमा वितेकोभन्दा फरक पर्दैन । किनभने उनले ९ वर्षको उमेरदेखि भेडी गोठमा नै काम गर्दै आइरहेको छ । पहिले ३० देखि ३५ वटा भेडाबाट सुरु गरेको भेडा पालन अहिले उनीसँग ५ सयभन्दा बढी भेडा रहेका छन् ।

उनले भेडाबाट घर देखि भेडी गोठसम्मको सबै खर्च कटाएर वर्षीक १ लाख ५० हजारसम्म कमाउँछन् । तर भेडाका लागि चरनको अभावले समस्या परेको उनले बताए । ‘भेडा पालनबाट राम्रो आम्दानी भएपछि घर खर्चमा समेत केहि राहत पुगेको छ,’ उनले भने, ‘घर खर्च लगायतका सबै खर्चहरु कटाएर बार्षिक १ लाख ५० हजार रुपैँया कमाउँछु । यसले मेरो घरपरिवार देखि सबै धानेको छ, यसबाट म पुर्ण रुपमा सन्तुष्ट पनि छु ।’

उनले पालेका भेडाहरु देवीदेउताहरुलाई बली दिन र विभिन्न चार्डपर्वका लागि ग्राहकहरु गुरुङका गोठमा नै किन्न आउने गरेका छन् । बजारमा पनि राम्रै विक्री हुने हुँदा बिक्रिका लागि कसैलाई गुहार्नु नपरेको उनले बताए । उनको अनुसार एउटै भेडाको १० हजार देखि १५ हजारसम्म पर्छ ।

भेडाहरुलाई ८ महिना लेकमा र ४ महिना गाउँमा पाल्ने गरेको गुरुङ बताउँछन् । ‘जाडो सुरु भएसँगै मङ्सिर, पुस, माघ र फाल्गुन महिना भेडालाई बेशीमा झार्नु पर्छ,’ उनले भने, ‘फेरी चैत्र महिना लाग्न थालेपछि भेडालाई लेकमा रहेको भेडीगोठमा सर्छौ ।’

पछिल्लो समयमा नेपालका अधिकांश गाउँ रितिदैछन् । गाउँभन्दा शहरतिरको मोह युवायुवतीमा बढ्दै गएको देखिन्छ । उनीहरुमा शहर गएर राम्रो बन्ने र राम्रो पहिरन लागाउने चाहनाले शहर जाने प्रति चिन्ता व्यक्तसमेत गरे । उनले विदेश जाने युवाहरुलाई पनि आफ्नै गाउँबेसीमा केहि गर्न सुझाव पनि दिए ।

भेलापालनबाट आफ्नो जीवन गुजारा गर्दै आएको गुरुङले भेडापालनमा सरकारले अहिले सम्म कुनै पनि किसिम अनुदान नदिएको गुनासो समेत गरे ।

हेरौँ, केही तस्वीरहरुः

 

सम्बन्धित खबरहरु