‘उठ जनता’ भन्दै आइन् संगीता बजारमा (भिडियोसहित)

बनेपा, काभ्रे/ पछिल्लो समय नेपाली गीत–संगीतमा धेरै नयाँ कलाकारहरु थपिरहेका छन् । यसै क्रममा नव गायिका संगीता थापाले ‘उठ जनता’ बोलको जागरणमुलक गीतमा आफ्नो सुमधुर स्वरसहित सांगीतिक बजार प्रवेश गरेकी छिन् ।

उमेरले भर्खरै १६ वर्षमा पाइला टेकिएकी नव गायिका थापा कक्षा ९ मा अध्ययन गर्छिन् । परिवारको पूर्ण साथमा सानैदेखि गायनमा रूचि राख्ने थापाको ‘उठ जनता’ पहिलो रेकर्डिङ भएको गीत हो । उक्त गीतमा थापा लगायत सुन्दर सुनाम, सुशील श्रेष्ठ र कोपिला न्यौपानेले स्वर दिएका छन् ।

गीतमा साहित्यिक सर्जक छवि श्रेष्ठको शब्द, गायक सुनामो संगीत रहेका छन् । त्यस्तै विष्णु तामाङले एरेञ्ज गरेको गीतलाई सुशील श्रेष्ठले काभ्रे संगम म्युजिक प्रा.लिमार्फत् बजारमा ल्याएका हुन् ।

गायक सुनाम र न्यौपानेको प्रेरणा र उर्जाले यो क्षेत्रमा लागेको बताउने थापाले ‘उठ जनता’ बोलको पहिलो गीतबाट नै दर्शकको माया पाउन सफल भएकी छिन् । त्यस्तै गायनको बारेमा समय तथा परिस्थिति अनुकुल आफु पनि गाीत–संगीतमा लाग्न सकेमा यस क्षेत्रमा टिक्न सकिने उनी बताउँछिन् । ‘आफ्नो कला र गलालाई अझै खरिदै अघि बढ्नु अहिलेको नव सर्जकको खाँचो हो,’ उनले थपे ।

भिडियो

सम्बन्धित खबरहरु