आगालागीबाट २ जनाको मृत्यु, लाखौँ क्षति

काठमाडौं/ देशका विभिन्न क्षेत्रमा आगोलागीमा दुईको मृत्यु भएको छ भने लाखौंको क्षति भएको छ ।

रामेछापको मन्थली नगरपालिका–७ भटौलीस्थित रण बहादुर रम्तेलको घरमा आगलागी हुँदा उनको ५ वर्षीय नाती सुजन रम्तेलको घटनास्थलमै मृत्यु भएको हो । आगलागीबाट घर पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्टसमेत भएको छ ।

यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–४ बस्ने ४७ वर्षीय लोकबहादुर बुढाथोकी, रौतहट बौधीमाई नगरपालिका–४ ईनारबारी बस्ने मोहन जैसवाल सहित ५ जनाको घरमा आइतबार बिहान आगलागी हुँदा लाखौँ क्षति भएका छन् ।

सम्बन्धित खबरहरु