अब हङकङ जाने यात्रुले सरकारी ल्याबमै कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं/ नेपालबाट हङकङ जाने यात्रुले अबदेखि सरकारी ल्याबमै कोरोना परीक्षण गर्नुपर्ने भएका छन् । काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना देखिएपछि हङकङ सरकारले नोभेम्बर २५ सम्मको लागि नेपाल वायुसेवा निगमको जहाजलाई उडान प्रतिबन्ध लगाएका हुन् ।

नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले यसअघि हङकङ जाने यात्रुले निजी ल्याबमा गरिएको कोरोना परीक्षणको रिपोर्टले उडानको लागि मान्यता नपाउने जानकारी दिए । यसअघि निजि ल्याबमा गरिएको परिक्षणमा रिर्पोट नेगेटिभ आएमा सहजै उडानको लागि अनुमति पाउने गरेको थिए ।

उनको अनुसार हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ देखिएकाहरुको विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्र काटी छानविन गर्नलाई अनुरोध गरिएको छ । पोजेटिभ आएपछि नियमित उडान रोकिएका छन् ।

नेपाल एयरलाइन्सले सबैतिरबाट प्रतिबन्धको चेतावनी पाएसँगै उडानको लागि कोरोना परीक्षणको प्रमाणपत्र कडाइको साथ निरीक्षण गरिने भएको छ ।

नेपाल एयरलाइन्सको ए ३२० विमानबाट २९ सेप्टेम्बरमा हङकङ अवतरण भएका ६ यात्रुमा कोरोना संक्रमण देखिएको एयरलाइन्सले जनाएको छ । दुबई र जापानको नारितामा नेपालबाट गएका यात्रुमा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित खबरहरु